भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो, एकै दिन २३ हजार बढि सङ्क्रमित
वेलकम खबर
असार २४, २०७७
काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप ४७९ जनाको मृत्यु भए सँगै कुल मृत्यु हुनेको सङ्ख्या २० हजार ६५३ पुगेको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ हजार १३५ जना नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ। सङ्क्रमितको यो सङ्ख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो। सङ्क्रमितमध्ये ४ लाख ५७ हजार ४५ जना उपचार पछि निको भएका छन्।



















