नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

वेलकम खबर
असार २३, २०७७

काठमाडौँ। सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजीपी)मा शैलेश थापा क्षेत्रीलाई नियुक्त भएका छन्। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) क्षेत्रीलाई आईजीपीमा बढुवा गर्दै नियुक्त गर्ने निर्णय गरेको हो।

एकै दिन सेवा प्रवेश गरेका एआईजी हरिबहादुर पाल र क्षेत्रीको नाम आईजीपीमा चर्चा थियो। तर, सरकारले वरीयतामा पहिलो नम्बरमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ। नवनियुक्त महानिरीक्षक क्षेत्री २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए।

यही असार २४ गते बिहीबारबाट ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले  अनिवार्य अवकाश पाउने भएपछि मङ्गलबार सरकारले क्षेत्रीलाई आइजीपीमा नियुक्त गरेको हो। २०४९ वैशाख १९ गतेबाट प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ५२ वर्षीय नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि कायम राखेमा २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*