बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
वेलकम खबर
असार २३, २०७७
काठमाडौँ। ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलाका ६६ वर्षीय नरबहादुर भण्डारी सोमबार राति पक्राउ परेका हुन्।
बालिकालाई जङ्गलमा लगेर बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पीडित बालिकाको उद्धार गरी सेफ हाउसमा राखिएको बताएका छन्।


















