पर्यटन मन्त्रीद्धारा पशुपति प्रवेशद्धार उद्घाटन (फोटो फिचर )

वेलकम खबर
असार २३, २०७७

काठमाण्डौ । संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा निर्माण भएको प्रवेशद्धारको उद्घाटन गर्नु भएको छ । मंगलवार उद्धघाटन गदे मन्त्री भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यीकरण गरिने बताउनुभएको छ ।

​ नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको हो प्रवेशद्धार उद्घाटन गदैं मन्त्री मन्त्री भट्टराईले पशुपति क्षेत्रको सुन्दरतामार्फत भक्तजनहरूलाई धार्मिक र पवित्र तीर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी विकास गर्न लागिएको मन्त्री बताउनुभयो । पशुपति क्षेत्रभित्र जीर्ण रहेका संरचनाहरूको पुनःनिर्माण गर्ने र सरसफाईमा ध्यान दिने कामहरु बाँकी रहेको पनि उनले उल्लेख गर्नुभयो । पशुपति क्षेत्रको समग्र विकासका लागि गुरुयोजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने समेत बताउनुभयो ।


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यमा कायम गरिने बताउनुभयो । उहले विश्वमा नै हिन्दुहरुको प्रमुख तीर्थस्थलको केन्द्र र पर्यटकहरूका लागि आकर्षणको केन्द्रका रुपमा पशुपति क्षेत्रलाई विकास गरिएको दाबी गर्नुभयो । एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेशद्वार निर्माण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*