नेपालमा थप १८० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ पुग्यो

वेलकम खबर
असार २२, २०७७

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा जम्मा १ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १५ हजार ९६४ पुगेको छ। यो भन्दा अघिका दिनहरू हेरि नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आज धेरै कम हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले सम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*