पर्यटन मन्त्री र अस्ट्रेलियन राजदूतबीच भेट 

वेलकम खबर
असार २२, २०७७

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडबीच सोमवार  भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराईले दुई देश बीचको व्यवसायिक हवाई सञ्चालनको लागि राजदूतसँग आग्रह गर्नु भएको थियो।

मन्त्री भट्टराई र राजदूत वडवीच विश्व महामारीको रूप लिइरहेको कोभिड –१० ले पारेको असर र यो महामारी न्यूनिकरणका लागि गरिएका कामहरूको अनुभव आदान –प्रदान पनि भएको थियो। मन्त्री भट्टराईले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि गरिएको सहयोगको प्रशंसा गर्दै राजदूतलाई धन्यवाद व्यक्त गर्नुभयो।

त्यस्तै, राजदूत वडले व्यवसायिक उडानका लागि आफ्नो देशको सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउँदै अस्ट्रेलियन नागरिकहरूलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*