भारत कोरोनाले प्रभाव पारेको विश्वको देशहरू मध्ये तेस्रो स्थानमा
वेलकम खबर
असार २२, २०७७
काठमाडौँ। छिमेकी मुलुक भारत विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित देशमध्येमा तेस्रो स्थानमा पुगेको छ। रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो।
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ। चौथो स्थानमा रहेको रुसमा सङ्क्रमितको सङ्ख्या ६ लाख ८१ हजार २५१ पुगेको छ।
पहिलो स्थानमा रहेको अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन्।


















