आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ।
केन्द्रीय बैङ्कका अनुसार, ‘नोटमा साविककै आकार, प्रकार तथा रङ्गमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख गरेको छ।
नोटको मध्यभागमा नेपाल राष्ट्र बैँक अङ्ग्रेजी रोमनमा लेखिएको छ। नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ।



















