नेपालमा थप २९३ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या १५ हजार ७८४ पुग्यो 

वेलकम खबर
असार २१, २०७७

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना देखिएको हो। यो सँगै कुल सङ्क्रमितको सङ्ख्या १५ हजार ७८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। भने १३२ जना उपचार पछि निको भएर घर फर्किएका छन्। मन्त्रालयका अनुसार हालसम्म ६ हजार ५४७ जना निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*