नेपालमा कोरोनाबाट थप एकको मृत्यु

वेलकम खबर
असार २१, २०७७

काठमाडौँ। नेपालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। बागलुङको क्वारेन्टाइनमा मृत्यु भएका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। २९ वर्षीय ति मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टाइनमा नै मृत्यु भएको थियो। केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बस्दै आएका थिए। लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*