कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने

वेलकम खबर
असार २१, २०७७

काठमाडौँ। सरकारले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने भएको छ। विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले जनाएको छ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ। यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको थियो। कोरोना सङ्क्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्द गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

कोरोना भाइरसको महामारी पछि सरकारले यसअघि एसईई परीक्षा पनि नगर्ने निर्णय गरेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*