गुगलले फेसबुक प्रयोगकर्ताको डाटा चोरी गर्ने २५ एप प्ले स्टोरबाट हटायो

वेलकम खबर
असार २१, २०७७

एजेन्सी। गुगलले २५ वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको छ। साइबर सेक्युरिटी फर्म इभिनाले यी मोबाइल एपहरूले फेसबुक प्रयोगकर्ताको लगइन डिटेल चोरी गरिरहेको भनेर गुगललाई जानकारी गराएपछि गुगलले २५ ओटा एपहरू हटाएको हो।

सो एपहरुमा मालवेयर (भाइरस) पाइएको थियो। जसबाट फेसबुक प्रयोगकर्ताको लग ईन सहितका डेटा चोरी हुँदै आएको थियो। हटाइएका २५ वटा एप कूल २० लाख प्रयोगकर्ताले डाउनलोड गरेका थिए ।

यि एपहरू प्राय फाइल म्यानेजर, फ्ल्याश लाइट, वालपेपर म्यानेजर, स्क्रीनशट एडिटर, मौसम सम्बन्धी सेवा दिने आदि रहेका छन्। यस्ता एप मोबाइलमा डाउनलोड गरिएको भए तुरुन्त डिलिट गर्न सुझाइएको छ।

गूगलले प्ले स्टोरबाट हटाएका एपहरु

१. सुपर वालपेपर
२. पाडेनाटेफ
३. वालपेपर लेभल
४. कन्टोर लेभल
५. आई प्लेयर एण्ड आई वालपेपर
६. भिडियो मेकर
७. कलर वालपेपर
८. पेडोमिटर
९. पावरफुल फ्ल्यास लाइट
१०. सुपर ब्राइट फ्ल्यास लाइट
११. सुपर फ्ल्यासलाइट
१२. सोलिटायर
१३. एकुरेट स्क्यानिङ अफ क्युआर कोड
१४. क्लासिक कार्ड गेम
१५. जङ्क फाइल क्लिनिङ
१६. सिन्थेटिक जेट
१७. फाइल म्यानेजर
१८. कम्पोजिट जेट
१९. स्क्रीनसट क्याप्चर
२०. डेली होरोस्कोप
२१. वुसा रिडर
२२. प्लस वेदर
२३. एनिमी लाइभ वालपेपर
२४. आई हेल्थ स्टेप काउन्टर
२५. कमडट टाइएपडट फिक्सन

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*