विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाख नाघ्यो

वेलकम खबर
असार २१, २०७७

काठमाडौँ। विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ करोड १३ लाख ७९ हजार ८३ पुगेको छ। वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एकैदिन १ लाख ८९ हजारभन्दा बढीले बढेको हो।

अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित  फेला परेका छन्। मृत्युदरमा कमी आए पनि कोरोना सङ्क्रमितको सङ्ख्या उच्चदरले बढ्नु गम्भीर सङ्कटको सङ्केत भएको अधिकारीहरूले जनाएका छन्। त्यस्तै विश्वमा मृत्यु हुनेको सङ्ख्या पाँच लाख ३३ हजार ३८८ पुगेको छ। ६४ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित उपचारपछि निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*