कोरोनाबारे अनुसन्धान गर्न डब्लुएचओका प्रतिनिधि चीन जाने

वेलकम खबर
असार २१, २०७७

एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) विश्वमा महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जाने भएका छन्। कोरोना भाइरसको उत्पत्तिको बारेमा अनुसन्धान गर्न चीन जाने भएको डब्लुएचओले जनाएको छ।

यसअघि उक्त सङ्गठनले चीनको वुहानबाट शुरु भएको भनिएको सो महामारीको अनुसन्धान गर्ने जनाएको थियो। तर यस विषयमा चीन र विश्व स्वास्थ्य सङ्गठनले कहिले जाने भन्ने बारेमा सहमति गर्न सकेका थिएनन्।

कोरोना भाइरस महामारी गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको वुहान सहरबाट शुरु भएको बताइएको छ। उक्त महामारीले अहिले विश्वमा पाँच लाख २३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। त्यस्तै एक करोड भन्दा बढी मानिस यस सङ्क्रमणबाट सङ्क्रमित भएका छन्। प्राप्त समाचारअनुसार चीनमा यस भाइरसको सङ्क्रमण शुरु भएको करिब छ महिनापछि विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरू त्यहाँ पुग्ने भएका छन्।

यसको सङ्क्रमण अझै पनि कम भएको छैन। डब्लुएचओले विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई सङ्क्रमण फैलिन नदिन आवश्यक उपायको अवलम्बन गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*