नेपालमा कोरोनाबाट थप २ को मृत्यु, मृतक सङ्ख्या ३४ पुग्यो

वेलकम खबर
असार २०, २०७७

काठमाडौँ। नेपालमा पछिल्लो विवरण अनुसार थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गोरखाको पालुङटारका पुरुषको असार २० गते र रूपन्देहीको देवदह नगरपालिकाका पुरुषको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

साथै नेपालमा कूल सङ्क्रमित १५ हजार ४९१ पुगेको छ। सङ्क्रमितमध्ये १ नम्बर प्रदेशमा ६८६, २ नम्बरमा ४ हजार ८३, बाग्मतीमा ५२५, गण्डकीमा १ हजार १३३, ५ नम्बरमा ३ हजार ९४२, कर्णालीमा १ हजार ५४० र सुदूरपश्चिममा ३ हजार ५८२ सङ्क्रमित रहेका छन्। देशभर आइसोलेसनमा ९ हजार ४२ जना रहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*