नेपालमा थप २३२ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ पुग्यो

वेलकम खबर
असार २०, २०७७

काठमाडौँ। नेपालमा थप २३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार ४९१  पुगेको छ। कोरोनाको सङ्क्रमणबाट अहिले सम्म ३३ जनाको मृत्यु भएको छ भने सङ्क्रमितमध्ये हालसम्म ६ हजार ४ सय १५ जना निको भएर घर फर्किएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*