खोकनावासी र प्रहरीबीच झडप

वेलकम खबर
असार २०, २०७७

काठमाडौँ। ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ।

विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन्।

काठमाडौं-तराईरमधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो) मा रहेको आफ्नो जग्गामा किसानले धान रोपेपछि केही दिनदेखि विवाद बढिरहेको थियो। सोही क्रममा आज बिहानै बाजागाजासहित प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल टियर ग्यास प्रहार गरेको छ। स्थानीयले ढुङ्गामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन्। खोकनाको सुडोलफाँटमा १५ असारका दिन प्रहरीले स्थानीयलाई धान रोप्न अवरोध गरेको थियो। द्रुतमार्ग बनाउन अधिग्रहण गरिएको जग्गा भएकाले अतिक्रमण र खेती नगर्न प्रशासनले आग्रह गर्दै आएको छ। तर खोकनाबासीले भने मुआब्जा लिएपछि पनि यहाँ फास्टट्रयाक बनाउन नपाइने भन्दै विरोध गरिरहेका छन्‌।

केही स्थानीयले भने अझैसम्म मुआब्जा लिएका छैनन्‌।​स्थानीयसँग झडप भएपछि अहिले खोकना क्षेत्रमा प्रहरी तैनाथी बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*