आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित 

वेलकम खबर
असार २०, २०७७

काठमाडौँ। नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ। बैठक असार २२ गते सोमबार बस्ने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित गरिएको नेकपा नेताहरूको भनाइ रहेको छ।

यसअघि बिहीवार केही समय बसेर स्थगित भएको बैठक शनिबारका लागि बोलाइएको थियो। शुक्रवार प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो। त्यसपछि शनिबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर केही समयअघि मात्रै स्थगित गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*