भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन हुने

वेलकम खबर
असार २०, २०७७

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। लकडाउनको मारमा परेका व्यवसायीलाई आर्थिक सङ्कट परेपछि सो निर्णय लिनुपरेको महासङ्घले जनाएको छ।

लकडाउनमा सरकारले व्यवसायी र मजदुरप्रति आफ्नो दायित्व पूरा नगरेको र आफूहरू आर्थिक सङ्कट सँग जुध्न बाध्य भएको उनीहरूले बताएका छन्। यातायात सञ्चालनका लागि सरकारसँग छलफल गर्दा कुनै टुङ्गो नलागेपछि व्यवसायी आफैँले यो निर्णय लिएका हुन्।

कामकाज ठप्प भएपछि बैङ्क, सहकारीको किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको व्यवसायीको भनाइ छ। यस्तै, ट्याक्सी व्यवसायीहरूले पनि भोलिबाटै सेवा सुरु गर्ने भएका छन्। सार्वजनिक सवारी सञ्चालन गर्न नदिएको अवस्थामा सरकारले निजी सवारीलाई भने सञ्चालनमा रोक लगाएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*