नेपालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु, मृतक सङ्ख्या ३३ पुग्यो

वेलकम खबर
असार २०, २०७७

काठमाडौँ। नेपालमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। पालुङटार नगरपालिका-७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेसनमा भर्ना हुन आएका सङ्क्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ।

कतारबाट गत मङ्गलबार पालुङ्गटार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेन्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*