बझाङमा पहिरोले १७ घर बगायो

वेलकम खबर
असार २०, २०७७

बझाङ। बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ। अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन्।

साथै पहिरामा परि ७ जना बेपत्ता भएको पनि बताइएको छ। यद्यपि स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ। घटनास्थल तिर प्रहरी टोली पठाइसकिएको जनाइएको छ। बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*