कोरोनाले प्रभाव पारेको देशहरूको सूचीमा नेपाल ६०औं स्थानमा

वेलकम खबर
असार २०, २०७७

काठमाडौँ। शुक्रबार एकै दिन ७ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित फेला परेपछि नेपाल कोरोनाले धेरै प्रभाव पारेको मुलुकहरूको सूचीमा थप एक कदम अगाडि बढेको छ। नेपाल एक कदम अघि बढे सँगै खराब मुलुकको सूचीमा अहिले ६० औं स्थानमा पुगेको छ। नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगे पछि अल्जेरियालाई उछिनेको हो।

यसअघि मोरक्को, दक्षिण कोरिया र डेनमार्कलाई पछि पारेको नेपालले अब सर्बियालाई छिट्टै उछिन्ने देखिएको छ। १५ हजार ७० जना सङ्क्रमित रहेको अल्जेरियालाई नेपालले शुक्रबार उछिनेको छ। सर्बियामा अहिले १५ हजार ५ सय ४ जना सङ्क्रमित रहेका छन्। त्यसभन्दा अगाडि मोल्दोभा रहेको छ। जहाँ सङ्क्रमितको सङ्ख्या १७ हजार ४ सय ४५ रहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*