होटल तथा एयरलाइन्स खुलाउन स्वास्थ्य प्रोटोकल कायम गरि आवश्यक पूर्व तयारी गर्नुपर्छ : मन्त्री भट्टराई

वेलकम खबर
असार १९, २०७७

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयरलाइन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ। शुक्रवार विभिन्न नौ पर्यटन व्यवसायी सङ्गठनहरूको माग तथा सुझाव बुझ्दै मन्त्री भट्टराईले सो कुरा बताउनुभएको हो।

मन्त्री भट्टराईले कोरोना सङ्क्रमित कम भएको देशबाट हवाई सेवा सञ्चालन गर्न सकिने सङ्केत गदै नेपाल पर्यटन बोर्डसँग स्वास्थ्य प्रोटोकल र अन्य देशको उदाहरण हेरेर प्रस्ताव लिएर आउन व्यवसायीलाई आग्रह गर्नुभयो। मन्त्री भट्टराईले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिदैँ भन्नुभयो ‘तपाईँहरू स्वास्थ्य प्रोटोकल सहितको प्रस्ताव लिएर आउनुहोस् म सिसिएमसि र क्याबिनेटमा लगेर निर्णय गर्ने कोसिस गर्ने छु।’

पर्यटन व्यवसायीहरूले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको भन्दै मन्त्री भट्टराईसँग लकडाउन खुलाउन माग गरेका छन्।
माग पत्रमा व्यवसायीहरूले चार्टर फ्लाइटहरूको विकल्पमा निश्चित मापदण्ड तोकी यथाशीघ्र आन्तरिक तथा बाह्य हवाई सेवाका नियमित तालीका अनुसार सञ्चालन गर्न माग गरको छन्।

त्यस्तै हरियो प्लेटका पर्यटकीय सवारी साधन सञ्चालनको लागि अनुमति दिन र हिमाल सरसफाइको कार्यहरू सञ्चालन र नयाँ हिमाली गन्तव्य तथा हिमाली क्षेत्रमा भौतिक पूर्वाधार विकासको कार्यहरू तत्काल शुरु गर्न समेत माग गरको छन्। माग पत्र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स, एजेण्ट, सोसाइटी अफ ट्राभल एण्ड अपसरटेस नेपाल, होटल एशोसिएसन नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी, नेपाल पर्वतारोहण सङ्घ, टुरिस्ट बस एशोसिएसन अफ नेपाल र नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्षले सामूहिक रुपमा माग तथा सुझाव दिएका हुन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*