नेपालमा थप ७४० मा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या १५ हजार नाघ्यो

वेलकम खबर
असार १९, २०७७

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सँगै कुल सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभरिबाट ८ सय २३ जना डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार एक सय ४३ पुगेको मन्त्रालयले जनाएको छ। अहिले आइसोलेसनमा भएका सङ्क्रमितको सङ्ख्या ९,०८४ भएको मन्त्रालयले जनाएको छ।

अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ। विभिन्न जिल्लामा ३५,००० भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,४८३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*