दुईवटा केस प्लेन चढेर आएको थियो नाम नै कोरोना मन्त्री राखिदिए : पर्यटनमन्त्री 

वेलकम खबर
असार १९, २०७७

काठमाडौँ। लकडाउन देशभर एकै खालको नभई अवस्था हेरेर कडा वा खुकुलो गर्ने मनस्थितिमा सरकार रहेको संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बताएका छन्। अहिले पर्यटन क्षेत्रका सबै व्यवसाय बन्द भएकाले अब विस्तारै खोल्नुपर्छ भन्ने मनस्थितिमा आफू रहेको पनि उनले बताएका छन्। यद्यपि यस अवधिमा सुरक्षा सावधानी भने अपनाउनुपर्ने उनको भनाई छ।

शुक्रबार मन्त्रालयमा ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा उनले भने– ‘प्लेन चढेर कोरोनाको दुइवटा केश आउने बित्तिकै हामीले उडान बन्द गर्दा त पर्यटन मन्त्रीले कोरोना ल्यायो भनेर मेरो नाम नै कोरोना मन्त्री राखिदिए। अब उडान खोल्दा यसमा होसियारी अपनाऊ भन्ने लागेका छ।’

साथै उक्त सम्मेलनमा बोल्दै उनले कोरोना प्लेन रोक्दा पनि बढेको बताए। उनले भने, ‘कोरोना प्लेन मात्र चढेर आएको थिएन, दक्षिणतिरको नाका खुला हुँदा कोरोनाको ग्राफ उकालो लाग्यो।’ उनले थपे, ‘आज १५ हजारजति कोरोना पुगिसकेको छ। कहाँबाट आयो त त्यो प्लेन चढेर आयो रु प्लेन चढेर त आएन त्यो अन्यत्रबाट आयो। तर सुरुमा मेरो नाम नै त्यस्तो बनाइदिए।’

सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नयुनिकरण गर्दै सुरक्षित हवाइसेवा सञ्चालन सम्बन्धी प्रोटोकल स्वीकृत समेत गरिसकेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका प्रमुख विमानस्थलहरुमा निश्चित दुरी कायम गरी सञ्चालन तयारीको लागि मार्किङ सहितका सुरक्षा उपायको व्यवस्था गरिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*