ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १९, २ को मृत्यु, चापागाउँ क्षेत्र सिल

वेलकम खबर
असार १९, २०७७

काठमाडौँ। गोदावरी नगरपालिकाको चापागाउँ क्षेत्र सिल गरिएको छ। बुधबार नगरपालिकाको ११ वडाका ६६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएसँगै चापागाउँ क्षेत्र सिल गरिएको हो। अहिले उनको परिवारका सम्पूर्ण सदस्यलाई घरैमा क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको पीसीआर रिपोर्ट नआएसम्म सिल जारी राखिने बताइएको छ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुईजनामा कोरोना सङ्क्रमण पुष्टि गरेको थियो। सङ्क्रमित ३० वर्षीय पुरुष महालक्ष्मी नगरपालिकाका हुन्। उनी असार १३ गते साउदी अरबबाट फर्किएर क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। अर्का पुरुष पनि सङ्क्रमित भएको भनिए पनि उनको बारेमा प्रष्ट भइनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

ललितपुरमा बुधबार मात्रै सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सातदोबाटोका, थसिखेलका, हात्तिबनका, नखिपोटका ३४, ३३, २३ र ३३ वर्षीय र थसिखेलका २७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो। त्यस्तै महालक्ष्मी नगरपालिका ८ टिकाथलीका २३ वर्षीय युवा र गोदावरी नगरपालिकाका ६६ वर्षीय पुरुष थिए।

हालसम्म कोरोनाबाट ललितपुरमा दुईजना पुरुषको मृत्यु भइसकेको छ। एकजना बुंगमती २२ का ५७ वर्षीय पुरुष ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जेठ १२ गते मृत्यु भएको थियो। उनी कलेजोको बिरामी थिए। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनको मृत्युपछि मात्रै कोरोना पोजिटिभ देखिएको थियो। त्यस्तै अर्का महालक्ष्मी नगरपालिकाका पुरुषको मृत्यु भएको थियो। उनी मृगौलाका रोगी थिए।

हालसम्म ललितपुरमा मात्रै १९ जनामा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*