विश्वमा एकैदिन थपिए दुई लाख बढी कोरोना सङ्क्रमित
काठमाडौँ। विश्वमा पछिल्लो २४ घण्टामा २ लाख ८ हजार २६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। यो एकै दिन सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। यो सँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ७३ हजार ६ सय पुगेको छ।
साथै पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार १ सय ४५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ लाख २३ हजार दुई सय ३२ पुगेको छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै साढे ५६ हजारमा सङ्क्रमण देखिएको छ। त्यसैगरी ब्राजिलमा झण्डै ४८ हजार र भारतमा झण्डै २२ हजारमा सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख भएको छ। सङ्क्रमण तीब्र बन्न थालेपछी अमेरिकाका कतिपय राज्यले लकडाउनलाई पुनः कडाइ गर्न थालेका छन्।
अहिले सम्म सङ्क्रमणको कारण सबैभन्दा धेरै अमेरिकामा एक लाख ३१ हजार भन्दा धेरैको मृत्यु भएको छ। ब्राजिलमा झण्डै ६२ हजारले ज्यान गुमाइसकेका छन्।


















