फ्रेन्च ओपन टेनिस प्रतियोगिता दर्शकहरूको उपस्थितिमा हुने

वेलकम खबर
असार १९, २०७७

एजेन्सी। कोरोना महामारीका विभिन्न खेल गतिविधि शुरु भइरहेका छन्। अहिले सञ्चालन भएका फुटबलका बिभिन्न लिगहरू बिना दर्शक खाली स्टेडियममा नै भइरहेको छ। तर फ्रेन्च ओपन टेनिस प्रतियोगिता भने दर्शकहरूको उपस्थितिमा हुने भएको छ। फ्रेन्च टेनिस फेडेरेशनले विज्ञप्ति जारी गरी दर्शकहरूको उपस्थितिमा खेल हुने जानकारी दिएको हो।

टुर्नामेन्टको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा लेखिएअनुसार टिकटको बिक्री ९ जुलाईदेखि सुरु हुने छ। दर्शकहरूलाई चार–चार जनाको समूह बनाएर राखिने छ र हरेक समूह बीच एक सिट खाली राखिने छ।

समाचार एजेन्सी एएफपीका अनुसार फ्रेन्च ओपन टेनिस प्रतियोगिता हेर्न हरेक दिन २० हजार दर्शक आउने अनुमान गरिएको छ। फ्रेन्च ओपन टेनिस प्रतियोगिताका खेल आगामी २७ सेप्टेम्बरदेखि ११ अक्टुबरसम्म हुने छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*