नेपालमा थप ४७३ कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या १४ हजार ५१९ पुग्यो
वेलकम खबर
असार १८, २०७७
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जना कोरोना सङ्क्रमित भेटिएका छन्। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १०९ जना महिला र ३६४ जना पुरूष रहेका छन्।
सङ्क्रमित मध्ये ५ हजार ३२० जना निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २३७७६४ जनाको नमूना परीक्षण भएको छ। नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ।


















