प्रधानमन्त्री ओली कार्यशैली सुधार गर्न तयार, तर राजिनामा नदिने
काठमाडौैं। स्थायी समिति बैठकमा ८० प्रतिशत सदस्यले राजिनामा मागेपनि प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा नदिने मनस्थितीमा रहेका छन्। स्रोतका अनुसार आफ्नो कार्यशैली सुधार गर्न तयार रहेको संकेत उनले दिएका छन्।
ओली निकट नेताहरु बिहीबार यही सन्देष लिएर अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न गएका थिए। प्रचण्डले अध्यक्ष ओलीलाई नै सम्झाउन ती नेताहरुलाई सुझाव दिएका थिए। ईश्वर पोखरल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायत नेता प्रचण्ड निवास गएका थिए।
उता मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। स्थायी कमिटीको बैठक भने सुरु भएको छ। बैठककै बीचमा २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। मन्त्रिपरिषद्बाट कुनै महत्वपूर्ण निर्णय हुने आशंका गरिएको छ।


















