अनुमति बिना ड्रोन उडाउने ४ जना पक्राउ

वेलकम खबर
असार १९, २०७७

काठमाडौं। अनुमति बिना ड्रोन उडाएको आरोपमा ४ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। मार्चिङ एन्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० का ३१ वर्षीय रवि शाक्यसहित ४ जनालाई पक्राउ गरेको बताइएको छ।

उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनायो। थप कारवाही अघि बढाएको प्रहरीले जनायो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*