एक युवतीले गरिन् फेसबूक लाइभमा आएर आत्महत्या

वेलकम खबर
असार १८, २०७७

दाङ। दाङमा एक युवतीले आत्महत्या गरेकी छिन्। तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी अन्दाजी २३ वर्षीय एलिसा गौतमले आत्महत्या गरेकी छिन्। उनले घरमै सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्माहत्या गरेकी हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनले राति फेसबुकमा भिडियो लाइभ गरी आत्महत्या गरेकी हुन्। जानकारी पाए लगत्तै प्रहरी टोली घरमा पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

माइतीमा बस्दै आएकी उनी कोठामा एक्लै बस्ने गरेको बताइएको छ। यस घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*