विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख नाघ्यो

वेलकम खबर
असार १८, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट  ५ लाखभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो विवरण अनुसार विश्वमा मृत्यु हुनेहरूको सङ्ख्या ५ लाख १८ हजार ४४ पुगेको छ। पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ९५ हजार ७ सय ८९ जना सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख ९२ हजार पुगेको छ। त्यस्तै विश्वमा हालसम्म उपचार पछि निको हुनेहरूको सङ्ख्या ५९ लाख ३० हजार २२ पुगेको छ। विश्वका २ सय १५ मुलुकमा कोरोना भाइरस देखिएको छ।

कुल सङ्क्रमित हरूमध्ये सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा अहिले सम्म सङ्क्रमित हुनेको सङ्ख्या २७ लाख ७८ हजार १ सय ४३ पुगेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ५० हजार २ सय ९० जना सङ्क्रमित थपिएका छन्। भने मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार ७ सय ८८ पुगेको छ।

कोरोनाबाट दोस्रो धेरै प्रभावित हुने देशमा अहिले ब्राजिल छ। केही समयअघिसम्म प्रभावितको सूचीमा पछाडि रहेको ब्राजिलमा अहिले तीव्र रुपमा कोरोना सङ्क्रमण फैलिएको छ। पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्। ब्राजिलमा हालसम्म १४ लाख ५३ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन्। भने ६० हजार ७ सय १३ को मृत्यु भएको छ।

त्यसैगरी तेस्रो धेरै प्रभावित भएको राष्ट्र रुसमा ६ लाख ५४ हजार ४ सय ५ जना सङ्क्रमित भएका छन् भने, ९ हजार ५ सय ३६ जनाको मृत्यु भएको असङ्क्रमित सङ्ख्याको आधारमा चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौंमा पेरु, आठौँमा चिली, नवौँमा इटाली र दशौँमा इरान रहेका छन्।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ५ हजार २ सय २० पुगेको छ। यस्तै मृत्यु हुनेको सङ्ख्या १७ हजार ८ सय ४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*