नेपालमा कोरोनाबाट थप एकको मुत्यु, मृतको सङ्ख्या ३० पुग्यो
वेलकम खबर
असार १७, २०७७
काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। अछामका ४६ वर्षीय पुरुषको मृत्युपछि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ।
उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेहका बिरामीसमेत रहेको बताइएको छ। अस्पतालमा उनको कुरुवा बसेका २ जनाको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।


















