नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार नाघ्यो
वेलकम खबर
असार १७, २०७७
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म ४६५६ पुगेको छ। भने हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना संक्रमित थपिएका छन्। भने कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ।


















