नेकपा स्थायी कमिटीको पाँचौ दिनको बैठक बालुवाटारमा शुरू

वेलकम खबर
असार १७, २०७७

काठमाडौं। सत्तारुढ नेकपा स्थायी कमिटीको पाँचौ दिनको बैठक शुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट बैठक शुरू भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।

१० असारबाट जारी स्थायी कमिटी बैठकको चौथो दिन हिजो, १६ असारमा अध्यक्ष ओलीसँग समकक्षी नेताहरूले पार्टी तथा सरकार दुवैको नेतृत्वबाट राजीनामाको माग गरेका थिए।

आफ्नै पार्टीभित्र घेराबन्दीमा परेपछि प्रधानमन्त्री ओलीले आफूपक्षीय स्थायी कमिटी सदस्यहरूसँग आज बिहान बालुवाटारमा परामर्श गरेका छन्।

परामर्शका क्रममा नेताहरूले प्रधानमन्त्री ओलीलाई जस्तोसुकै परिस्थितिको सामना गर्न र बीचमै नेतृत्व नछाड्न सुझाव दिएका छन्।

स्थायी कमिटीको अजेन्डामा सिमाना सम्बन्धी विवादको मुद्दा, सरकारको कामको समीक्षाअन्तर्गत कोभिड-१९ महामारी, पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउने, एमसीसीलगायतका बाँकी नै भएपनि हिजोको बैठक मूख्य अजेण्डामा प्रवेश गर्न पाएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*