‘सकारात्मक आशा गरौँ, प्रोक्सी वार बन्द गरौ’ : मन्त्री योगेश भट्टराई (भिडियो सहित )
काठमाडौँ। नेकपा स्थायी कमिटी बैठकमा राजीनामा मागिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बिहान बालुवाटारमा मन्त्रीहरूसँग छलफल गरेका छन्। ओली सँगको छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पार्टी सकारात्मक दिशामा अगाडि बढ्ने आशा व्यक्त गरेका छन्।

भट्टराईसहित केही मन्त्री र स्थायी समिति सदस्यलाई ओलीले बालुवाटार बोलाएका थिए। परामर्श सकिएलगत्तै मन्त्री भट्टराईले अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाएको र बाँकी नेता र सदस्यहरूसँग पनि परामर्श गर्ने प्रमले बताएको आफ्नो फेसबुक पेजमा लेखेका छन्। उक्त परामर्श सकारात्मक रहेको समेत भट्टराईको भनाइ छ।
स्रोतका अनुसार बुधबार बिहानको परामर्शमा सहभागीहरूले ओलीलाई पार्टी निर्णय मान्न सुझाव दिएका थिए। त्यसक्रममा पार्टी एकतालाई मजबुत बनाउदै प्रभावकारी सरकार सञ्चालन र पार्टी सञ्चालनमा हालका केही मन्त्रीहरूले राजीनामा दिएरसमेत सहज बनाइदिन सुझाव थिए।



















