कोरोनासँग लड्न नेपाललाई एडिबीद्वारा ३६ करोड अनुदान

वेलकम खबर
असार १७, २०७७

काठमाडौँ। एसियाली विकास बैँक (एडीबी) ले कोभिड-१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ। एडीबीले एसिया प्रशान्त विपत् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैङ्कको देशीय कार्यालयले जनाएको छ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमा क्षेत्रस्थित क्वारेन्टाइनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो।

यसअघि पनि एडीबीले तीन करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरूलाई आपतकालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो। रासस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*