पेट्रोलियम पदार्थको मूल्य बढ्यो
वेलकम खबर
असार १७, २०७७
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो। मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ।
योसँगै पर्सा वीरगञ्ज लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। काठमाडौँ उपत्यकामा भने थप डेढ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।


















