मेसीले गरे करिअरको ७००औं गोल

काठमाडौँ। बार्सिलोनाका कप्तान लियोनेल मेसीले आफ्नो करिअरमा ७००औं गोल पुरा गरेका छन्। गएराती सम्पन्न एटलेटिको म्याड्रिडविरुद्धको खेलमा खेलको ५०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेसीले आफ्नो करिअरको ७ सय गोल गरेका हुन्।
मेसीले करिअरको ७००औं गोल पुरा गर्ने क्रममा बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने आफ्नो देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन्। मेसी बार्सिलोनाका लागि सधैँ उच्च गोलकर्ता हुन्। यो सँगै मेसी केही सीमित खेलाडीले गरेको ७ सय गोलको क्लबमा प्रवेश गरेका छन्।
करिअरमा सँधै तुलना हुने क्रिस्टियानो रोनाल्डोले अहिले सम्म ७२८ गोल गरेका छन्। जसमा रोनाल्डोले एक हजार ७ खेल खेलेका छन्। तर मेसीले भने केवल ८६० खेलमा आफ्नो ७ सय गोल पुरा गरेका हुन्।
आफ्नो करिअरमा सर्वाधिक गोल गर्ने किर्तिमान भने चेक९अस्ट्रियन आइडल जोसेफ बिकानको नाममा रहेको छ। उनले आफ्नो करिअरमा कुल ८०५ गोल गरेका छन्। त्यस्तै ब्राजिलका रोमारियोले ७७२ गोल गरेका छन् भने महान खेलाडी पेलेले ७६७ गोल गरेका छन्। साथै हंगेरीका लिजेण्ड फेरेन्क पुसकसले ७४६ गोल गरेका छन्। र जर्मनीका जेर्ड मुलरले ७३५ गोल गरेका छन्। भने त्यसपछि क्रिस्टियानो रोनाल्डोले ७२८ गोल गरेका छन्। त्यस पछि मेसीले ७०० गोल पुरा गरेका हुन्।