विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ५ लाख नाघ्यो, ५ लाख १३ हजार बढिको मृत्यु
काठमाडौँ। विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ५ लाख ७४ हजार ३ सय ९८ पुगेको छ। पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७० हजार ९ सय ६ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ५ हजार २९ जनाको मृत्यु भएको छ। यो सँगै विश्वमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ५ लाख १३ हजार १ सय १४ पुगेको छ।
कोरोनाबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा एकैदिन ४२ हजार २ सय ५० जना नयाँ सङ्क्रमित थपिँदा ७ सय ४८ जनाको मृत्यु भएको छ। योे सँगै अमेरिकामा हालसम्म २७ लाख २७ हजार बढी सङ्क्रमित भएका छन्। भन मृत्यु हुनेको सङ्ख्या १ लाख ३० हजार १ सय ६ पुगेको छ।
ब्राजिलमा एकैदिन १२ सय ७१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने झण्डै ३८ हजार नयाँ सङ्क्रमित थपिएका छन्। त्यहाँ हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ हजार ६ सय ६५ पुगेको छ।
भारतमा ५ सय ६ जनाको मृत्यु भएको छ भने १८ हजार २ सय ५६ जना नयाँ सङ्क्रमित भेटिएका छन्। भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म १७ हजार ४ सय १० जनाको मृत्यु भएको छ। त्यस्तै सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ८५ हजार ७ सय ९२ पुगेको छ।


















