नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति सदस्यमा गुरागाईँ नियुक्त
वेलकम खबर
असार १६, २०७७
काठमाडौं नेपाल नागरिक उड्डन प्राधिकरण सञ्चालक समितिको सदस्यमा महेश गुरागाईँ नियुक्त भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष गुरागाईँलाई ४ वर्षका लागि प्राधिकरण सञ्चालक समितिमा नियुक्त गरिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई प्राधिकरण सञ्चालक समितिमा मनोनयन गरेका हुन्। गुरागाईँको केही दिनअघि मात्रै नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षको कार्यकाल सकिएको थियो।



















