नेपालमा कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ८० पुग्यो

वेलकम खबर
असार १६, २०७७

काठमाडौँ। नेपालमा ८० जना प्रहरी कोरोना सङ्क्रमित भएका छन्। देशका विभिन्न २५ जिल्लाका ८० जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेका छन्। साथै अहिले सम्म ४३ जना उपचार पछि निको भइसकेका छन्।

सङ्क्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ रहेका छन्। त्यस्तै महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका ३, काठमाडौंका ५ र भक्तपुरका १ जना रहेका छन्।

जसमा २ महिला र ७८ पुरुष रहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार अहिले ४८ जना प्रहरी क्वारेन्टाइनमा रहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*