नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा शुरू

वेलकम खबर
असार १६, २०७७

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा आजदेखि कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारले गरेको काम र समग्र सरकारको कामको समिक्षाका बारेमा छलफल केन्द्रित हुने बताइएको छ।

असार १० मा उद्घाटन गरिएको बैठक अध्यक्षद्वयले मन्तव्य राख्दै बैठकका कार्यसूची तयार पारेर शुरू भएको थियो।

दोस्रो र तेस्रो दिन स्थायी कमिटीका सदस्यहरुले सीमा समस्याका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए।

नेकपाले स्थायी कमिटी बैठकका लागि सात वटा कार्यसूची बनाएको छ। आजको बैठकमा नेताहरूले सरकारको कामको समिक्षा गर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*