ट्याक्सी व्यवसायीद्धारा काठमाण्डौमा प्रदर्शन

वेलकम खबर
असार १६, २०७७

काठमाडौं। लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा  व्यवसायीहरूले प्रदर्शन गरेका छन्। लकडाउन साउन ७ गतेसम्म थप गर्ने सरकारको निर्णय गरे सँगै ट्याक्सी व्यवसायी आन्दोलित बनेका हुन्।

सरकारले काम गर्न नदिएर भोक भोकै मार्न खोजेको भन्दै मङ्गलबार बिहान ट्याक्सी चालकहरूले नयाँबानेश्वर-तीनकुने सडकमा प्रदर्शन गरेका छन्। सडक किनारमा ट्याक्सी पार्क गरेर उनीहरु प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी समेत गरेका बताइएको छ।

ट्याक्सी चालक तथा व्यवसायीहरूले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्। चैत ११ गतेबाट लकडाउन सुरु भएदेखि ट्याक्सी व्यवसायीले ट्याक्सी चलाउन पाएका छैनन्। सरकारले सोमबार साउन ७ गतेसम्म लकडाउन थप गर्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*