नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। गत बुधबारदेखि सुरु भएको स्थायी कमिटीको पाँचौँ बैठकका तीनवटा बैठक बसिसकेका छन्। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। नेकपाको बैठकमा सरकारको काम, पार्टी एकताको काम, एमसिसी लगायतका विषय एजेन्डामा छन्।
बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ। शुक्रबारको बैठकमा ओली उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित भएका थिए। शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्। शुक्रबार १८ सदस्यले धारणा राखेका थिए भने शनिबार २१ सदस्यले धारणा राखेका थिए।


















