हवाई सेवा र सार्वजनिक यातायात बन्द साउन ७ सम्म कायमै

वेलकम खबर
असार १६, २०७७

काठमाडौँ। सरकारले लकडाउन ७ साउन सम्मलाई लम्ब्याएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो। हालको अभ्यासलाई निरन्तरता दिदैँ लकडाउन ७ साउन सम्मका लागि लम्ब्याइएको जनाइएको छ।

लकडाउनमा जोरबिजोर निजी सवारी र अत्यावश्यक सेवा सञ्चालन गर्न दिइएको छ। तर, हवाई सेवा र सार्वजनिक यातायात अझै सञ्चालनमा नआउने भएको छ। साउन ७ सम्म राष्ट्रिय अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुने जनाइएको छ। चाटर्ड र अत्यावश्यक सेवाका उडानमात्र अनुमति लिएर सञ्चालन गर्न भने दिइनेछ।

विद्यालय र विश्वविद्यालयहरू अझै खुल्ने छैनन्। यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौयता स्कुल कलेज नखोलिने बताइसकेका छन्। दूरशिक्षा र अनलाइन शिक्षाबाट पठनपाठन शुरु गरिएको छ। मनोरञ्जनस्थलहरु अझै सञ्चालनमा आउने छैनन्। खेल स्थल पनि खोलिएका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*