कोरोना महामारीको सबभन्दा खराब समय आउन अझै बाँकी : डब्लूएचओ

वेलकम खबर
असार १६, २०७७

एजेन्सी। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एक करोड भन्दा बढि मानिस सङ्क्रमित भएका छन्। भने ५ लाख बढिको मृत्यु भइरकेको छ। धेरै देशहरूमा स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धराशायी भइसकेको छ। यो महामारीका कारण  विश्वव्यापी अर्थव्यवस्थामा नराम्रो अवस्थाबाट गुज्रिरहेको छ।

तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भने यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको मान्यता राखेको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरिका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई सङ्क्रमित गर्न सक्ने धारणा व्यक्त गरेका छन्।

सोमबार एक भर्चुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मूलन होस् भन्ने चाहन्छौँ। हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मूलन हुने यात्रामा निकै टाढा छौँ।’ साथै टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह पनि गरेका छन्। यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ।

‘उनले भने, ‘यद्यपि केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गति तीब्र भइरहेको छ। संसारभरि १ करोड सङ्क्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य सङ्गठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*