थप ४७६ जनामा कोरोना संक्रमण
वेलकम खबर
असार १५, २०७७
काठमाडौं। नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार २४८ पुगेको छ। सङ्क्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन्। मन्त्रालयका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय २१ जना घर फर्किएका छन्।



















