नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतक सङ्ख्या २९ पुग्यो

वेलकम खबर
असार १५, २०७७

काठमाडौँ। ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा उपचाररत एक जनाको मृत्यु भएको छ। भेन्टिलेटरमा राखेर उपचार भइरहेका रौतहटका २९ वर्षीय पुरूषको शनिबार राति आठ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

रौतहटका ती युवामा पहिलादेखि नै छातीको समस्या थियो। केही दिनयता सास फेर्न समस्या भएपछि उनी एम्बुलेन्समा रौतहटबाट काठमाडौँ आएका थिए। मृतक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अब नेपाली सेनाले उनको अन्तिम संस्कार गर्न लैजाने तयारी भएको जनाइएको छ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*